scheduleबिहिवारबैशाख ९ गते, २०७८

विप्लव समूह र सरकारबीचको वार्ता सफल, ३ बुँदे सहमति

काठमाडौं, २० फागुन । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीचको वार्ता सफल भएको छ । बिहीबार सरकार र यो समूहबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

अब सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको छ भने विप्लव समूह पनि मूलधारमा आउने भएको छ ।

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।

सहमतिको विस्तृत विवरण फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने भएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay