scheduleबुधवारबैशाख ८ गते, २०७८

शुक्रबार राष्ट्रिय सभागृहमा विशेष समारोह, ओली र विप्लवको संयुक्त सम्बोधन

काठमाडौं, २० फागुन । नेकपा विप्लव समूह र सरकारबीच ३ बुदे सहमति भएको छ । यो सहमतिसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् ।

सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार फागुन २१ गते दिउँसो २ बजे राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरिएको छ । सोही समारोहबाट सहमतिको विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ ।

बिहीबारको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ । सो नोटमा सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको बताइएको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सन्चालन गर्ने र सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउने, रिहाइ र मुद्दा खारेजी लगायतका विषयहरुमा सहमति भएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay