scheduleबुधवारबैशाख ८ गते, २०७८

एसियन कप छनोट : नेपाल र अष्ट्रेलियाविरुद्धको खेल स्थगित

काठमाडाैं, २० फागुन । फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाविरुद्ध हुने भनिएको खेल स्थगित भएको छ । छनोट अन्तर्गत नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १७ गते अष्ट्रेलियासँग खेल्ने तालिका रहेको थियो ।

तर, एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाईरसको कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित गरेको हो । अष्ट्रेलियाले हालै युरोप यात्रामा रोक लगाएको छ । अष्ट्रेलियाका खेलाडीहरु युरोपको विभिन्न क्लबबाट खेलिरहेका छन् । तर, युरोपमा खेलिरहेका खेलाडीलाई आफ्नो देशमा फिर्ता बोलाउन सक्ने अवस्था नभएपछि अष्ट्रेलियाले खेल सार्नका लागि एएफसीमा निवेदन दिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको पुष्टि गरे । स्थगित खेल अब आगामी जुनमा हुनेछ । छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । जसमा नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । एएफसीले नेपाल र ताइपेबीचको खेल यस अघि नै स्थगित गरिसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay