scheduleबुधवारबैशाख ८ गते, २०७८

बिओपी मलगंवाको उद्घाटन गर्दै डिआईजी गौतमले भने- तस्करीमा शुन्य सहनशीलता

एसपी यादव/ सर्लाही, २० फागुन । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मलगंवाको उद्घाटन समारोह बुधबार सम्पन्न भएको छ ।

उद्घाटन समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्र प्रकाश गौतमले एक समारोहका बिच बिओपी मलगंवाको उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डिआईजी गौतमले भने, ‘सशस्त्र प्रहरी आफ्नो काम कर्तव्यप्रति पुर्ण जिम्मेवार रहेको र यसलाई अझै उचाइमा पुर्याउन आफु लागिपर्नेछु ।’ स्थानीय स्तरबाट आएको सल्लाह र सुझावका आधारमा कार्यशैलीमा सुधार गर्दै संगठनलाई अझै उचाइमा पुर्‍याउने उनले बताए । सिमासुरक्षा, शान्ति र विकास एकआपसमा अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, ‘सिमासुरक्षा मजबुत नभइकन शान्ति सुरक्षाको अवस्था सबल हुन सक्दैन, शान्ति सुरक्षा सबल भएको खण्डमा मात्र विकास सम्भव रहन्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले सशस्त्र प्रहरी सर्लाहीको सिमानाकामा शान्तिसुरक्षा कायम राख्न निर्भीक र अडिग भएर लागिपरेको बताए । ५१ किलोमिटर लामो सिमानाका भएको र बि.ओ.पिको संख्या कम भएकोले सिमाको सुरक्षामा चुनौती रहेको उनले बताए

मलगंवा नपाका मेयर निरसल साहले ५१ किलोमीटर लामो खुला सिमाना भएकै कारण लागूऔषध प्रयोगकर्ता र मोसा चोरी सर्लाहीको मुख्य समस्या रहेको बताए । सशस्त्र प्रहरीले गरेका राम्रा कामको प्रसंशा गर्दै मलगंवा नपाबाट हुने साथ सहयोगमा कुनै कसर बाकी नराख्ने मेयर साहले उद्घोष गरे ।

सर्लाहीको ५१ किलोमिटर लामो सिमानाकाको सुरक्षाका लागि ११ वटा बि.ओ.पीहरु स्थापना भइसकेको र थप ६ वटा बि.ओ.पीहरु स्थापना हुने प्रक्रियामा रहेको छ ।

उक्त कार्यक्रममा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल, सर्लाही प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी प्रमुख एसपी गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख दिलिप सिंह, श्री भैरव दल गण पाँच कुमारी ब्यारेकका प्रमुख सेनानी सरोज राणा, मलगंवा नपाका मेयर निरसल साह, उपमेयर शान्ती मिकरानी, प्रदेश २ को आठ वटै जिल्लाका सशस्त्र प्रहरी प्रमुखहरु, जसपाका केन्द्रिय सदस्य रामकैलाश यादव, वडा नं. ९ का वडा अध्यक्ष दिपलाल महतो, समाजसेवी पचु महतो, नागरिक समाज, बुद्धिजीवि, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा स्वागत मन्तव्य सशस्त्र प्रहरी वल नं. १० गण हेडक्वाटर सर्लाहीका गणपति एसपी गंगाराम श्रेष्ठले राखेका थिए । भने कार्यक्रमको उद्घोषण सशस्त्र प्रहरी इन्सपेक्टर गंगा बहादुर कार्कीले गरेका थिए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay