scheduleआइतवारबैशाख ५ गते, २०७८

राष्ट्रियसभा अन्तर्गतको समितिहरुले प्रभावकारी ढंगले काम गरिरहेका छन् : अध्यक्ष तिमिल्सिना

काठमाडाैं, २० फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले प्रभावकारी ढंगले काम गरिरहेको बताएका छन् ।

राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा संसद सचिवालयले बिहीबार काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले प्रतिनिधिसभा विघटनको समयमा पनि राष्ट्रिय सभा अन्तर्गतको समितिले निरन्तर काम गरेको र अहिले पनि आफु मातहतका गतिविधीहरु निरन्तर भइरहेको बताएका हुन् ।

राष्ट्रिय सभामा दर्ता भएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धी अन्र्तगतको पार्लिमो प्रोटोकललाई पनि पारित भएको भन्दै उनले राष्ट्रिय र जनताका सवालमा राष्ट्रिय सभा सदस्यहरुले सकारात्मक भूमिका खेलेको जिकिर गरे ।

त्यस्तै उनले समितिमा हुने दोहोरोपनालाई हटाउन र एकरुपकताका साथ अघि बढ्न अध्ययन र छलफलको खाँचो रहेको धारणा राखे। संघीय संसदलाई सफल बनाउन संसद सचिवालयदेखि सवै सरोकार निकायको भूमिका अपरिहार्य रहेको उनले बताए ।

त्यस्तै अध्यक्ष तिमिल्सीनाले अहिलसम्म २ सय २२ वटा बैठक बसेको र ४१ वटा विधेयकहरू दर्ता भएको जानकारी दिए । त्यस्तै १६ वटा विधेयक प्रमाणीकरण भइसकेको उनले बताए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay