scheduleआइतवारबैशाख ५ गते, २०७८

एकताका लागि दुबै पक्षको वरिपरि रहेकाहरुको घेराबन्दी तोड्नुपर्ने देखियो : बामदेव गौतम

काठमाण्डौ, २० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा एकताका लागि दुबै पक्षको वरिपरि रहेकाहरुको घेराबन्दी तोड्नुपर्ने देखिएको बताएका छन् । उपाध्यक्ष गाैतम अहिलेसम्म कुनैपनि गुटतिर लागेका छैनन् ।

उनले नेकपा एकता अभियान नै घाेषणा गरेर अघि बढेका छन् । प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताएका छन् ।

कोरोनाविरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका उनले प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिनुपर्ने अवस्था आएको बताए । एकताको पक्षमा नहुने नेताहरूलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने भन्दै उनले नेकपाको दुवै समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल र केपी शर्मा ओली अझै पनि एकताको पक्षको नआएको बताए ।

धेरै ठाउँमा भएका सभामा बोलेको सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आईनसकेको भन्दै उनले केपी ओलीतिर रहेका सेकेण्ड जेनेरेशनका र प्रचण्डतिर रहेका सेकेण्ड जेनेरेशनकाहरुलाई एकतावद्ध गराएर पार्टी एकीकृत गर्नुपर्ने बताए ।

नेता गौतमले केपी र प्रचण्डबीच अरूले एकता गर्दैमा त्यो एकता नहुनेसमेत बताए । उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागी एकता अभियानमा लाग्ने भन्दै पार्टी एकताका लागि आह्वान गर्ने नेताको पक्षमा आफू उभिनसक्ने बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay