scheduleबुधवारबैशाख ८ गते, २०७८

‘विप्लवसँगको वार्ता सफल भएसँगै राजनीतिक अस्थिरता सकियाे, अब लगानीमैत्री वातावरण बन्छ’

काठमाडाैं, २० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार र बिप्लव समूहबीचको वार्ता सफल भएको र अब देशमा शान्ति हुने दाबी गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको २३ औँ वार्षिकोत्सवमा उनले देशमा राजनीतिक अस्थिरताकाे अन्त्य गर्न विप्लव समूहलाई मुलधारकाे राजनीतिमा ल्याउन खाेजिएकाे बताए ।

अब राजनीतिक अस्थिरताको अन्त्य हुने भन्दै उनले यसबाट नेपालमा लगानीमैत्री वातावरण सिर्जना हुने बताए । केही राजनीतिक दलले प्रधानमन्त्री पदलाई सट्टाबाजीको रुपमा बुझेको भन्दै उनले प्रधानमन्त्री जस्तो गरिमामय पदमाथि खेलवाड गर्न नहुने बताए । मन्त्री गुरुङले राजनीतिक गढबढीका कारण बिचलित हुनुपर्ने अवस्था नरहेको भन्दै सरकार परिवर्तनका कारण कुनै संस्थाको कामकारवाही प्रभावित हुन नहुने बताए ।

प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिदै उनले अब पूर्वाधारको विकाससँगै सेवालाई गाउँसम्म पुर्‍याउन जरुरी रहेको बताए । मन्त्री गुरुङले दूरसञ्चार सेवालाई अन्तरराष्ट्रिय प्रतिस्प्रर्धामा ल्याउन त्यसको अनुसन्धान र समीक्षा गर्नुपर्ने औँल्याए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हालसम्म काठमाडौँ उपत्यकाबाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्र र तीन हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्‍याइएको जानकारी गराए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay