scheduleआइतवारबैशाख ५ गते, २०७८

सिंहदरबारमा ४५ मिनेटको गफपछि नेकपाको दुबै गुटका नेताले भने – राजनीतिमा असम्भव भन्ने हुँदैन

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकताका लागि दोस्रो तहका नेताहरु सक्रिय हुन थालेका छन् । ओली समूह र प्रचण्ड–नेपाल समूहका नेताहरुको दौडधुप सुरु भएको छ । राजनीतिक रुपमा विभाजन भैसकेको तर वैधानिक मान्यता नपाएको नेकपाका दुई समूहका दोस्रो तहका नेताहरु शंकर पोखरेल र घनश्याम भुषालबीच सिंहदरबारमा ४५ मिनेट कुराकानी भएको छ ।

पोखरेल ओली समूहक र भुषाल प्रचण्ड–नेपाल समूहका नेता हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेलगत्तै भुषालले कृषि मन्त्रीबाट राजिनामा दिएका थिए ।

ओली समूहका स्थायी कमिटी सदस्य पोखरेल र प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भुषालबीच बिहीबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल भएको हो। आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको दुबै नेताहरुले बताएका छन् ।

एकता गर्नुपर्छ र मिल्नुपर्छ भन्नेमा आफूहरुको एकमत रहेको भन्दै भुषालले यसअघि पनि छलफल र भेटघाट हुने गरेको र बिहीबार पनि त्यसैको निरन्तरता भएको बताए । शीर्ष नेताहरुबीचको दुरी साँघुरो हुन नसकेको भएपनि राजनीतिमा असम्भव भन्ने केही पनि नरहेको उनीहरुले बताएका छन् । अन्तिम समयसम्म पनि आफूहरु एकताको पक्षमा उभिने उनीहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay