scheduleबुधवारबैशाख ८ गते, २०७८

नेप्से परिसूचक ९० अंकभन्दा धेरैले बढ्यो, निफ्राको कारोबार सबैभन्दा धेरै

काठमाडौं, २० फागुन । सेयर बजार परिसुचक नेप्से बिहीबार ९० अंकभन्दा धेरैले बढेको छ । नेप्से परिसूचक ९० दशमलव ६७ अंकले बढेर दुई हजार पाँच सय ६ दशमलव ६८ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बिहीवार ६ अर्ब पाँच करोड ८१ लाख रुपैयाँ बराबरका दुई सय ६ कम्पनीका एक करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता शेयर कनिबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीवार सूर्योदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाए पनि एनएमबी ५० का लगानीकर्ताले भने तीन प्रतिशतभन्दा धेरै गुमाउन पुगेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay