scheduleआइतवारबैशाख ५ गते, २०७८

ओली समूहका नेतालाई कारबाही गरेको निर्णय बाेकेर प्रचण्ड-नेपाल समूह आयोग र संसद सचिवालयमा

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटीले गरेको निर्णय निर्वाचन आयोग र संसद सचिवालयलाई जानकारी गराउने भएको छ । बिहीबार पेरिसडाँडामा आफ्ना सांसदहरुसहित बसेको बैठकले केपी ओली पक्षका नेताहरुलाई कारवाही गरेको निर्णयका बारेमा आयोग र सचिवालयलाई जानकारी गराउने निर्णय गरेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

यसअघि बुधबार बसेको सो पक्षको केन्द्रीय कमिटी बैठकले सुवास नेम्वाङलगायत ७ जना नेतालाई कारवाही गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा बैठक बोलाइएको दिन नै अविश्वासको प्रस्ताव प्रस्तुत हुन सक्ने सम्भावना रहेको भन्दै नेता पाण्डेले अविश्वासको प्रस्ताव लैजादा प्रधानमन्त्रीको नाम पनि तोक्नुपर्ने भएकाले अन्य दलहरुसंग छलफल गरेर अघि बढ्ने बताए ।

पाण्डेले आफूहरुसँग बहुमत भएको दाबी गर्दै आफ्नो पार्टीको ह्वीप नमाने पार्टी र सांसद पदबाट निकाल्न सक्नेसमेत बताए । देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ने क्रम बढेको अवस्थामा प्रचण्ड–नेपाल पक्षले सांसदहरुलाई पार्टी कार्यालय बोलाएको थियो । उनीहरुलाई स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराइएको बुझिएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay