scheduleबिहिवारबैशाख ९ गते, २०७८

मेयरकप क्रिकेटकाे प्रत्यक्ष प्रशारण डिशहोमबाट हेर्न पाईने

काठमाडौं, २० फागुन । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान) ले गर्न लागेको मेयर कप पुरुष एक दिवसिय क्रिकेटको प्रत्यक्ष प्रशारण डिशहोमबाट हेर्न पाईने भएको छ ।

क्यान र डिशहोमबीच प्रत्यक्ष प्रशारण गर्नेबारे समझदारी बनेको हो । प्रतियोगिता काठमाडौंको किर्तिपुर र मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु हुनेछ । मेयरकप पुरुष एकदिवसीयमा तीन विभागीय टोली, एक बागमती टोली र काठमाडौ महानगरपालिकाको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

फाल्गुण २९ गतेसम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागिय टोली र १ काठमाडौ महानगरपालिका गरेर ५ टाेली छन् ।
दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा भएको प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण डिश होमबाट भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay