scheduleबुधवारबैशाख ८ गते, २०७८

पत्र लेख्दै प्रचण्डले भने – ओलीलाई पार्टीबाटै हटाईसक्यौँ, संसदीय दलबाट हटाईरहनु पर्दैन

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई पार्टीबाट नै हटाईसकेकोले फेरि संसदीय दलबाट हटाईरहनु नपर्ने बताएका छन् । संसद सचिवालयलाई पत्र लेख्दै उनले ओली र उनको समूहले गरेका कुनै पनि निर्णयहरु अब बैधानिक नहुने बताए ।

प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेकोले संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ ।

संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको र त्यस्तो व्यक्ति संसदीय दलको नेताका रुपमा रहन नसक्ने भएको उल्लेख गरिएको छ । पत्र बुझाउन संघीय संसद सदस्यहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, दिनानाथ शर्मा लगायत नेताहरु संसद सचिवालयमा पुगेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay