अमेरिकी संसद भवनमा कडा सुरक्षा, घुसपैठको षड्यन्त्र भएको आशंका
काठमाडौं, २० फागुन । अमेरिकी संसद् भवनमा सम्भावित घुसपैठको षडयन्त्र भएको भन्दै सुरक्षा व्यवस्था कडा गरिएको छ। नाम नखुलेको एक मिलिसिया समूहले अमेरिकी राष्ट्रपतिको शपथग्रहण हुने दिन अर्थात मार्च ४ मा हमला गर्ने योजना बनाएको सुचना प्राप्त भएकोले सुरक्षा व्यवस्थामा कडाई गरिएको सुरक्षा निकायका अधिकारीले बताएका बीबीसीले जनाएकाे छ ।
हाउस अफ रिप्रिजेन्टेटिभ्सको बिहीवारको सत्र स्थगित गरिएको छ तर सिनेटको कार्यसूची भने जारी रहनेछ। पछिल्लो धम्की अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा रहेको भीडले संसद भवनमा घातक हमला गरेको दुई महिनापछि आएको हो।
सांसदहरूले जो बाइडन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरिरहेको बेलामा गएको ट्रम्पका समर्थकहरूले जनवरीमा संसद भवनभित्र आक्रमण गरेका थिए। ट्रम्पले अझै पनि चुनावमा आफू पराजित भएको स्वीकार गरेका छैनन्।
फाेटाे: बीबीसीबाट साभार ।