scheduleबिहिवारबैशाख ९ गते, २०७८

ब्रिटेनकी महारानी एलिजाबेथका ९९ वर्षका पतिको मुटुको सफल शल्यक्रिया

काठमाडौं, २० फागुन । ब्रिटेनकी महारानी एलिजाबेथका पति ड्यूक अफ एडिनबराको मुटुको सफल शल्यक्रिया भएको छ । ड्यूक सन्चो हुन अनि उपचार र आरामकालागि अझै केही दिन अस्पतालमा नै बस्ने बकिङ्घम राजदरबारले जनाएको छ । ९९ वर्षका राजकुमार फिलिपले यसअघि नै १६ रात अस्पतालमा बिताइसकेका छन्।

आउँदो जुन महिनामा १०० वर्षका हुने ड्यूकलाई बिसन्चो भएपछि गत फेब्रुअरी १६ तारिखमा उनलाई मध्य लण्डनको मार्लबोनस्थित किङ् एडवर्ड सप्तम अस्पताल भर्ना गरिएको थियो । उनी विन्डसरस्थित निवासबाट कार चढेर नै अस्पताल पुगेका थिए।

उनलाई सुरुमा अस्पताल भर्ना गरिनुको खास कारण सार्वजनिक गरिएको छैन । तर त्यो कोरोनाभाइरससँग भने सम्बन्धित नभएको बकिङ्घम राजदरबारले जनाएको छ। ड्यूकले सन् २०१७ मा सक्रिय राजकीय जिम्मेवारीहरूबाट अवकाश लिएका थिए।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay