scheduleबुधवारबैशाख ८ गते, २०७८

सहिद स्मारक ‘बी’ डिभिजनः कसले जित्यो कसले हार्‍याे ?

काठमाडौं, २० फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले झम्सिखेललाई ३–२ गोलले हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा श्री भगवतीले झम्सिखेललाई ३–२ गोलले हराएको हो । श्री भगवतीलाई जिताउन आशिष श्रेष्ठ, नवराज गुरुङ र मोहनबहादुर थापा मगरले एक/एक गोल गरेका हुन् ।

झम्सिखेलका मदन स्याङतान र अनिश चौधरीले गोल गरे । जितसँगै नौ खेलमा नौ अङ्क जोडेको श्री भगवती लिगको आठौँ स्थानमा उक्लिएको छ । यस्तै एन्फा मैदानमै बिहीवार भएको दोस्रो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) र श्रीकुमारी क्लबले एक/एक गोलको बराबरी खेलेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay