scheduleआइतवारबैशाख ५ गते, २०७८

हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न गृह मन्त्रालयको सर्कुलर जारी

जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मुद्दाको पूर्ण विवरण माग

काठमाडौं, २० फागुन । हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न गृह मन्त्रालयले सर्कुलर जारी गरेको छ । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएपछि गृह मन्त्रालयले सबै प्रहरी प्रधान कार्यलयलाई पत्र लेखेर विप्लव समूहका सबै नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको हो ।

गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्नसमेत निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्‍याएर छाड्न आजै निर्देशन भइसकेको र अन्यको हकमा सहजीकरण हुने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताएका छन् ।

मन्त्रालयको निर्देशनसँगै काभ्रेमा हिरासतमा नेता धमेन्द्र बास्तोला रिहा भएका छन् । २७ फागुन २०७५ मा प्रतिबन्ध लागेयता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै रहेका केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay