scheduleबुधवारबैशाख ८ गते, २०७८

मुलुकलाई अघि बढाउन कांग्रेस र जसपा हामीसँग सहकार्य गर्न आउनुपर्छः अध्यक्ष नेपाल

काठमाडौं, २० फागुन । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले मुलुकलाई अघि बढाउनका लागि सहकार्य गर्न कांग्रेस र जसपालाई आग्रह गरेका छन् ।

समाजवादी प्राध्यापक संघले बिहीवार काठमाडौंमा आयोजना गरेको वर्तमान राजनैतिक संकट र त्यसको समाधान बिषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले मुलुकलाई अघि बढाउनका लागि कांग्रेस र जसपासँग सहकार्य गर्न तयार रहेको भन्दै सहकार्यमा आउन आग्रह गरेका हुन् ।

अध्यक्ष नेपालले सहकार्यका लागि कांग्रेसबाट जवाफ नआएको धारणा पनि राखे । त्यस्तै उनले आफुहरुसँग सूर्य चिन्हको नेकपाको बहुमत रहेपछि निर्वाचन आयोगले समयमा नै निर्णय गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

त्यस्तै अध्यक्ष नेपालले सबै दलहरुसँगको छलफलपछि नै अविश्वासका प्रस्ताव अघि बढाउने उल्लेख गरे । उनले मोहका कारण ओली पक्षमा गएका नेताहरु पनि क्रमशः आफुहरुको पक्षमा आइरहेको दावी गरे ।

कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक पद्धतिलाई ट्रयाकमा ल्याउनुपर्ने बताए । उनले नेकपाको विवादलाई निर्वाचन आयोगले समयमा नै टुङ्ग्याउन नसके थप अस्थीरता उब्जिने धारणा पनि राखे । त्यस्तै उनले आयोग निष्पक्ष नभए भविष्यमा हुने चुनाव पनि आयोगले निष्पक्ष गराउन नसक्ने जिकिर गरे ।

त्यस्तै कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपाले दुईतिहाई ल्याएपनि मुलुकमा अस्थिरता कायमै रहेकाले यसले आंशका पैदा भएको धारणा राखे । उनले संविधान विपरित संसद विघटन गरेर प्रधानमन्त्रीले अहंकार देखाएको आरोप लगाए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay