scheduleआइतवारबैशाख ५ गते, २०७८

बहराइनका राजकुमारसहितको टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं, २० फागुन । बहराइनका राजकुमारसहितको १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आउने भएको छ । गएको असोज महिनामा लोबुचे पिक र मनास्लु हिमालको आरोहण गरेको टोली सगरमाथा आरोहणका लागि नेपाल आउन लागेका हुन् ।

बहराइनमा रहेको नेपाली दूतावासले विज्ञप्ती निकालेर ३ जना बहराइनी र तीन बेलायती गरी १६ जनाको आरोहण टोली आउँदो चैत २ गते नेपाल आउन लागेको जनकारी गराएको हो । ७९ दिन नेपालमा बस्ने टोलीको सगरमाथा आरोहणलगायतको बन्दोबस्त सेभेन समिट ट्रेक्सले गर्ने दुतावासले निकालेको विज्ञप्तीमा भनिएको छ ।

आउँदो वसन्तयाममा झण्डै तीन सय हाराहारी विदेशी आरोही सगरमाथा आरोहणमा जान सक्ने प्रक्षेपण गरेको भए पनि अहिलेसम्म कसैले पनि अनुमति नलिएको पर्यटन विभागले जनाएको छ । अनुमति नलिए पनि कतिपय प्रक्रियामा रहेको र बहराइनका राजपरिवारका सदस्य आउने कुरा जानकारीमा आएको विभागका अधिकारीहरुले बताएका छन् । यस वर्ष आरोहण खुला गरेसँगै आठ जना आइसफल डाक्टरहरू बाटो बनाउनका लागि सगरमाथाको आधार शिविरतर्फ गइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay