scheduleआइतवारबैशाख ५ गते, २०७८

विप्लव समूहमाथि लगाईएको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं, २० फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहमाथि लगाईएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले बताएका छन् ।

बिहीबार सरकार र विप्लव समूहबीच भएको समझदारीमा प्रतिबन्ध फुकुवा गर्ने उल्लेख भए अनुसार नै मन्त्रिपरिषद्को बैठकले फुकुवा गर्ने निर्णय गरेको उनले बताएका छन् । सवै जानकारी सहित शुक्रबार दिउँसो दुई बजे राष्ट्रिय सभा गृहबाट सहमति सार्वजनिक गरिने उनले बताएका छन् ।

मन्त्रिपरिषदको बैठकले नेकपासँग गरिएको सहमतिअनुसार शुक्रवारदेखि नै काम थाल्ने निर्णय पनि गरेको उनले बताएका छन् । उनले शन्तिपूर्ण देश बनाउनका लागि मुलुकलाई सफलता मिलेको बताए । बैठकले दुवै पक्षका वार्ता टोलीलाई धन्यवाद दिने निर्णयसमेत गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay