scheduleआइतवारबैशाख ५ गते, २०७८

ओलीले बोलाएको संसदीय दलको बैठकमा प्रचण्ड–नेपाल समूहका सांसदलाई पनि एसएमएस

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठकमा सहभागिताका लागि प्रचण्ड–नेपाल समूहका सांसदहरुलाई पनि निम्तो पुगेको छ । पर्सि फागुन २२ गतेका लागि नेकपाका सबै १७३ जना सांसदहरुलाई नै एसएमएसमार्फत सुचना दिइएको ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराएका छन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बस्न लागेको भट्टराईले बताएका छन् ।

ओली समूहका प्रमुख सचेतक भट्टराईले पठाएको एसएमएसमा भनिएको छ, ‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ ।’

नेकपाले संसदीय दलको बैठकमा बोलाउन सांसदहरूलाई एसएमएस पठाउने गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल पक्षमा लागेका देव गुरूङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाएका थिए ।

तर, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भट्टराईसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने प्रचण्ड माधव समूहले बुधबार मात्रै निर्णय गरेको छ । पार्टी सदस्यबाट निस्कासन गरिसकेको कारण ओलीले गरेका निर्णय मान्य नहुने भन्दै संसद सचिवालयलाई पत्र लेखेको छ । बैठक आह्वान गरिएपनि बैठकमा प्रचण्ड–नेपाल समूहका नेताहरु सहभागि नहुने एक नेताले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay