scheduleबुधवारबैशाख ८ गते, २०७८

निशुल्क एसी सर्भिस एवं एक्चेन्ज क्याम्प चलाउँदै एलजी ब्राण्ड

काठमाडौं, २० फागुन । एलजीले निशुल्क एसी सर्भिस एवम् एक्चेञ्च क्याम्प २०२१ सञ्चालन गर्ने भएको छ ।

विगत ४ दशकदेखि नेपाली बजारमा आफ्नो प्रभुत्व जमाउन सफल एलजी ब्राण्डले फेरि ग्राहक माझ ‘फ्रि एसी सर्भिस एवं एक्चेन्ज क्याम्प २०२१’, कार्यक्रम तथा योजनाको घोषणा गरेको छ ।

यस कार्यक्रम योजना अन्तर्गत ग्राहक वर्गहरुले कुनै पनि ब्राण्डको एसीमा फ्रि सर्भिसिङ पाउनुका साथै आफ्नो पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा उचित मूल्याङ्कन गर्दै एलजीको उच्च गुणस्तरीय एसीसँग साट्न सक्ने कम्पनिले जनाएको छ ।

यो सुविधा र सर्भिस ग्राहक वर्गहरुले घरमै बसीबसी लिन सक्ने पनि कम्पनिले जनाएकाे छ ।

उक्त सुविधा लिनको लागि ग्राहकहरुले ९८०३६२१९२४, ९८६४४७५५६९ नम्बर र service.supprot@chaudharygroup.com मा सम्पर्क गर्न सकिनेछ ।

थप सुविधा प्रदान गर्दै एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्मको छुट पाउनुका साथै नयाँ एसी खरिद गर्दा विशेष छुट, निशुल्क सर्भिस चार्ज, पुरानो एसीमा उचित मूल्याङ्कन पनि एलजीले प्रदान गरेको छ ।

यो योजना सीमित अवधिको लागि नेपाल अधिराज्यभर लागू गरिएको पनि कम्पनीले जनाएको छ । नेपाली ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले एलजीले यस्ता कार्यक्रमहरु विगतका वर्षहरुमा पनि आयोजना गर्दै आईरहेको छ ।

नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारीक बिक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay