scheduleबुधवारबैशाख ८ गते, २०७८

मेयर कप २०७७ क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

काठमाडौं, २० फागुन । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघद्वारा आयोजित मेयर कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु हुने मेयर कप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली, १ बागमती टोली र काठमाडौं महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागीय टोली र १ काठमाडौं महानगरपालिका गरी सहभागी ५ टोली रहेको छ ।

दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमाको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay