scheduleबुधवारबैशाख ८ गते, २०७८

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधारः चिकित्सक

लण्डन, २० फागुन । बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।

बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ वर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्वन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ ।

उनको स्वास्थ्यमा सुधार भएकाले उनले सहज महसुस गर्दै गएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ ।

उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो । झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उनलाई अर्को अस्पताल लैजानु परेको अधिकारीहरुको भनाइ छ ।

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । त्यहाँ लगेको केही दिनमै उनको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ ।

राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्वितीय भने अहिले ९४ वर्ष भएका छन् । एएफपी

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay