कस्तो रहला शुक्रबार दिनभरको मौसम ?
काठमाडौं, २१ फागुन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ ।
अहिले देशका केही पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षा/ हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू-भागहरुको एक/दुई स्थानमा वर्षा/ हल्का हिमपातको सम्भावना रहेको छ ।