scheduleबुधवारबैशाख ८ गते, २०७८

अस्ट्रेलिया र न्युजिल्यान्डबीचको चौथो टी-२० आज

काठमाडौं, २१ फागुन । न्युजिल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलिया क्रिकेट टोली र घरेलु टोली न्युजिल्यान्डबीचको चौथो टी-२० आज हुँदै छ ।

राजधानी सहर वेलिङटनमा हुने उक्त खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजेदेखि सुरु हुनेछ ।

अस्ट्रेलियाको कप्तानी एरन फिन्चले गरिरहेका छन् भने न्युजिल्यान्ड केन विलियमसनको कप्तानीमा मैदानमा उत्रिरहेको छ ।

यी दुई टोलीबीच कुल ५ टी-२० खेलको श्रृंखला तय भएको थियो जसमध्ये पहिलो र दोस्रो खेलमा न्युजिल्यान्ड विजयी भएको थियो भने तेस्रो खेलमा अस्ट्रेलिया विजयी भएको थियो ।

टी-२० विश्व वरियतामा अस्ट्रेलिया दोस्रो र न्युजिल्यान्ड छैटौं स्थानमा रहेका छन् । यो श्रृंखलापछि दुवै टोलीलाई वरियतामा उक्लने अवसर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay