scheduleबुधवारबैशाख ८ गते, २०७८

प्रिमियर लिग: लिभरपुललाई घरमै हराउँदै चेल्सी चौथो स्थानमा उक्लियो

काठमाडौं, २१ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले जीत हासिल गरेको छ । चेल्सीले लिभरपुललाई उसैको मैदानमा १-० ले हराएको हो ।

चेल्सीको जीतमा मेसन माउन्टले एकमात्र गोल गरेका थिए । खेलको ४२औं मिनेटमा एन्गलो कान्टेको पासमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि लिभरपुलले गोल फर्काउन नसक्दा अर्को हार व्यहोर्न बाध्य भयो । पछिल्ला ६ खेलमा लिभरपुलले एक खेल मात्र जितेको छ भने ५ खेलमा हार व्यहोरेको छ ।

हारपछि २७ खेलबाट ४३ अंकमै सीमित लिभरपुल सातौं स्थानमा रहेको छ । जीत निकालेको चेल्सी भने ४७ अंकसहित चौथो स्थानमा रहेको छ ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा टोटनहामले फुलहाम र एभर्टनले वेस्ट ब्रोमलाई समान १-० गोलअन्तरले हराएका छन् ।

जीतसँगै एभर्टन २६ खेलबाट ४६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको छ भने टोटनहाम ४२ अंकसहित आठौं स्थानमा रहेको छ ।

 

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay