scheduleबुधवारबैशाख ८ गते, २०७८

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी, २१ फागुन । न्युजिल्यान्डमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढा रहेको छ ।

समाचार एजेन्सी रोयटर्स र एपीका अनुसार भूकम्पको तीव्रता ७.२ रेक्टर स्केल रहेको थियो । यद्यपि अमेरिकी भूगर्भ विभागले भने ६.९ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

भूकम्पलगत्तै न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ ।

एजेन्सीले समुद्री तटमा रहेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा सर्न आह्वान गरेको छ । क्षतिको विवरण भने आइसकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay