scheduleबिहिवारबैशाख ९ गते, २०७८

सहिद परिवारलाई भेटेर काठमाडौं छिर्दै विप्लव

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव शुक्रबार बिहान काठमाडौं छिर्दै छन् ।

आज दिउँसो प्रधानमन्त्री केपी ओलीसँगै एकै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आउन लागेका हुन् । उनलाई नवलपरासीमा केही बेरअघि उनका कार्यकर्ताले बिदाई गरेका छन् ।

आज बिहान ३ बजे नवलपरासी आईपुगेका बिप्लव केही बेर आराम गरेर प्रहरीको स्कटिङमा काठमाडौं आउन लागेका हुन् । २ वर्षअघि देखि भूमिगत रहेका उनी आजै सार्वजनिक हुने कार्यक्रम छ ।

नवपरासीमा जनयुद्धको सहिद परिवारलाई भेटेर उनी काठमाडौं प्रवेश गर्न लागेका हुन् । विहीबार बसेको मन्त्रिपरिषदले विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाइसकेको छ ।

सरकारले हेलिकप्टरबाट ल्याउन चाहेको भए पनि विप्लव सवारी साधनबाटै काठमाडौं आउन लागेको खबरहरु बाहिरिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay