scheduleबुधवारबैशाख ८ गते, २०७८

‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेलहरु

काठमाडौं, २१ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

शीर्ष स्थानको सातदोबाटो र तेस्रो स्थानको बाँसबारीबीचको खेल अपरान्ह १२ः१५ मा सुरु हुनेछ । सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ । बाँसबारीले ८ खेलमा १८ अंक जोडेको छ ।

यस्तै अर्को खेलमा मध्यपुर युथ एसोसियसन र पुल्चोक स्पोर्ट्स क्लबबीच खेल हुनेछ । मध्यपुर र पुल्चोकबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

मध्यपुर ८ खेलमा ७ अंक जोडेर १० औं स्थानमा रहेको छ । पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay