scheduleबिहिवारबैशाख ९ गते, २०७८

लगातार घट्ने क्रममा सुनको मूल्य, प्रतितोला कतिमा झर्‍यो ?

काठमाडौं, २१ फागुन । शुक्रबार सुनको मूल्यमा ९०० रुपैयाँले गिरावट आएको छ। बिहीबार ८६ हजार ५०० मा कारोबार भएको सुन शुक्रबार घटेर ८५ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ८६ हजार ५० मा कारोबार भएको तेजाबी सुनको मूल्य शुक्रबार ८५ हजार १५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेर एक हजार २५० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता मात्रै सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले घटेको छ। आइतबार सुन ८८ हजार ३०० मा कारोबार भएको थियो।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay