scheduleबुधवारबैशाख ८ गते, २०७८

काठमाडौं भित्रिए विप्लव

काठमाडौं, २१ फागुन । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं भित्रिएका छन् । शुक्रबार बिहान निजी गाडीमा नवलपरासीबाट प्रस्थान गरेका उनी केहीबेर अगाडि काठमाडौं भित्रिएका हुन् । उनलाई प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो ।

सुरक्षा स्रोतका अनुसार उनी नागढुंगा नाकाबाट काठमाडौं भित्रिएका हुन् । बिहिबार नेकपा र सरकारका प्रतिनिधीबीच भएको वार्ताको सहमतिअनुसार आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरिएको छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आज नै शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay