विप्लव प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे
काठमाडौं, २१ फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको चन्दले प्रधानमन्त्री ओलीलाई भेट्न बालु्वाटार पुगेका हुन् । उनी तीनबुँदे सहमतिसँगै नवलपरासीबाट सार्वजनिक भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको सहमति पत्रमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । यसअघि उनले काठमाडौं आउने वित्तिकै आफ्ना नेता तथा कार्यकर्तालाई भेटेका थिए ।