scheduleबिहिवारबैशाख ९ गते, २०७८

विप्लव समूहलाई पनि ल्याउन सफल भयौँ, अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्‍योः प्रम ओली

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई पनि आफूहरुले मुलधारको राजनीतिमा ल्याउन सफल भएपछि अब नेपालमा कुनैपनि हिंसात्मक गतिविधि गर्ने शक्ति नभएको बताए । यसअघि सिके राउतलाई पनि आफूले नै राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउन सफल भएको उनले बताए ।

अब नेपालमा सिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन भन्ने सन्देश विश्वभर गएको उनले दाबी गरे । उनले नेपाल अब शान्तिपूर्ण देश भएको र यहाँ शान्ति भएको बताए ।

विप्लवसँग लामो समयदेखि आफूहरुले वार्ता भैरहेको खुलाशा गर्दै उनले उचित समय आएपछि आफूहरुले मुलधारमा ल्याउन सफल भएको बताए । विप्लव र आफूबीच १० वर्षअघि नेपालको राजनीतिक अवस्थाबारे गम्भीर छलफल भएको स्मरण गर्दै उनले विप्लव समूह मुल धारमा आएसँगै देश नयाँ युगमा प्रवेश गरेको बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay