scheduleबुधवारबैशाख ८ गते, २०७८

प्रधानमन्त्री ओलीले भने – मैले पनि ५० वर्षअघि विप्लवजीहरुले जस्तै आन्दोलन गरेको थिएँ

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि ५० सालअघि नेत्रविक्रम चन्दले जस्तै आन्दोलन गरेको स्मरण गरेका छन् । त्यसबेला जनताका लागि आफूहरुले पनि संघर्ष गरेको र ४० वर्षअघि शान्तिपूर्ण राजनीतिको बाटो अंगिकार गरेको बताए । नयाँ बाटोमा आउन झण्डै ७ वर्ष लागेको भन्दै उनले एउटाबाट अर्कोमा सजिलो भने नभएको बताए ।

विप्लव समूहलाई मुलधारमा ल्याउन सफल भएको उपलब्धी विश्वकै कम्युनिष्ट आन्दोलनका लागि दृष्टान्त बनेको भन्दै उनले अब नेपालमा हिंसात्मक गतिविधि गर्ने कुनैपनि शक्तिहरु नभएको बताए । केही मान्छेहरु देशलाई बर्बाद गर्न लागिपरेको भन्दै उनले त्यो सफल हुन नसक्ने बताए । खुला राजनीतिमा पाैडी खेल्न विप्लव तयार रहेकाे विश्वास गर्दै उनले अबकाे बाटाे सफल रहाेस् भन्ने कामनासमेत गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay