scheduleबुधवारबैशाख ८ गते, २०७८

बी डिभिजन लिग : सातदोबाटोद्वारा बाँसबारी पराजित

काठमाडाैं, २१ फागुन । राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सातदोबाटोले बाँसबारी क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले बाँसबारीलाई हराउँदै सहज जित निकालेको हो ।

खेलमा सातदोबाटोले एक गोल आत्मघाती उपहार पाएको थियो । सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले एक एक गोल गरे । खेलको १९ औं मिनेटमा अशिमको गोलबाट सातदोबाटोले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा अमृतले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सातदोबाटोले २–० को अग्रता लिएको थियो ।

खेलको ५४ औं मिनेटमा प्रवेशले गोल गर्दै सातदोबाटोको अग्रता तेब्बर बनाएका थिए । खेलको ६३ औं मिनेटमा दिनेशले गोल गर्दा सातदोबाटो ४–० ले अघि रह्यो । खेलको ७९ औं मिनेटमा बाँसबारीका निशानले एक गोल फर्काएपनि सातदोबाटोले ४–१ को सहज जित निकाल्यो । जितसँगै सातदोबाटोले उपाधि होड बलियो बनाएको छ । बाँसबारीका अमृत श्रेष्ठले आत्मघाती गोल गर्दा निशान सुनारले एक गोल फर्काएका थिए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay