scheduleबुधवारबैशाख ८ गते, २०७८

नेकपाकाे प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई बनायो संसदीय दलको नेता

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता बनाएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको प्रचण्ड–नेपाल समूहले नयाँ संसदीय दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गरेको हो ।

संसदीय दलको नेतामा चयन भएलगत्तै अध्यक्ष प्रचडले आफूहरुसँग स्पष्ट बहुमत रहेको प्रतिक्रिया दिएका छन् । ओलीसँग गणपूरक संख्या पनि नपुग्ने भन्दै उनले आफूहरुको निर्णयलाई बैधानिकता दिनका लागि कानुन व्यवसायीहरुसँग पनि छलफल गर्ने बताए । यसअघि गएको पुस ८ मा पनि प्रचण्ड–नेपाल समूहहले प्रचण्डलाई संसदीय दलको नेता बनाएको थियो । शुक्रबारकाे बैठकाे अध्यक्षता नेता झलनाथ खनालले गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay