scheduleबिहिवारबैशाख ९ गते, २०७८

सोति घटना : दलित अगुवाहरुद्वारा राजधानीमा प्रदर्शन

काठमाडाैं, २१ फागुन । दलित अगुवाहरुले राजधानीमा प्रदर्शन गरेका छन् । पश्चिम रुकुमको सोतिमा नवराज विक लगायत ६ जनाको जातिय नसंहारका विरुद्ध न्यायको माग गर्दै शुक्रबार दलित अगुवाहरुले राजधानीमा प्रदर्शन गरेका हुन ।

सोति घटनाको मुद्दा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म आइपुग्दासमेत आफुहरुले न्याय नपाएको गुनासो गर्दै न्यायका लागि आन्दोलन गर्नुपरेको जातिय समता समाजका महासचिव भक्त विश्वकर्माले बताए ।

उनले सोती घटनालाई राजनीतिकरण गर्ने र दोषीहरुलाई छोड्दै जाने खालका गतिविधि आफुहरुलाई मान्य नहुने चेतावनी दिए ।

उनले पीडितलाई न्याय र पीडकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए। प्रदर्शनमा सहभागिहरुले पीडितलाई न्याय दे, मानव अधिकारको रक्षा गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay