scheduleबिहिवारबैशाख ९ गते, २०७८

महिला हिंसा जन्य अपराधलाई जरैदेखि उखेलेर फाल्नुपर्छ : मन्त्री महतो

काठमाडाैं, २१ फागुन । महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला हिंसा जन्य अपराधलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताएकी छन् ।

१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार योनजन्य हिंसा र न्याय विषयक कार्यक्रममा महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला हिंसाका घटनालाई जरैदेखि उखेलेर फाल्नुपर्नेबेला आएको बताएकी हुन् ।

उनले महिला दोस्रो दर्जाको नागरिक नभई महिला र पुरुष समान भएको जिकिर गरिन्। मन्त्री महतोले महिला हिँसाका घटनालाई समाजबाट सदाका लागि विदा गर्न सरकार तयार रहेको बताईन् । उनले नेपाली महिलाका लागि अमेरिकि सरकारले प्रदान गरेको पुरस्कारले झनै उत्साहित बनाएको बताईन्

देशका विभिन्न भागमा सुनै नसकिने गरि बालिका बलात्कारका घटना हुनु दुःखद भएको बताउदै मन्त्री महतोले महिला हिँसाका विरुद्ध एकभएर लाग्नु पर्नेबेला आएको तर्क गरिन् । कार्यक्रममा सहभागिहरुले महिला हिँसाका घटनालाई न्यूनिकरण गर्न कानुन कार्यान्वयनमा तदारुपता देखाउनुपर्ने सुझाब दिएका थिए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay