यस्तो छ निर्वाचन आयोगलाई प्रचण्ड-माधव समूहको पत्र
काठमाडाैं, २१ फागुन । नेकपा प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगलाई पार्टीको विवाद अविलम्ब निरुपण गर्न अनुरोध गर्दे पत्र पठाएको छ ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पत्रमा संविधान तथा कानुनबमोजिम अविलम्ब विवादको निरुपण गर्न अनुरोध गरेका हुन् ।
उक्त पत्र राजेन्द्र पाण्डेलगायतका नेताहरूले निर्वाचन आयोगमा बुझाएका छन् ।