scheduleबुधवारबैशाख ८ गते, २०७८

प्रधानमन्त्री ओलीले पुनः बहुमत लिएर आउनुहुन्छः मन्त्री गुरुङ

काठमाडौं, २१ फागुन । सूचना सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः बहमत लिएर आउने बताएका छन् । शुक्रबार दोलखा म्यासमुसा खलको कार्यक्रममा मन्त्री गरुङले अहिलेको राजनीतिक परिस्थितिले जस्तो मोड लिए पनि प्रधानमन्त्री ओली नेतृत्वले पुनः बहुमत प्राप्त गर्ने बताएका हुन् ।

उनले सरकारले लिएको समृद्ध नेपालको लक्ष्य प्रधानमन्त्री ओली नेतृत्वको सरकार भएनि नभए नि हासिल गरिरहनेसमेत बताए । मन्त्री गुरुङले देशमा भएको परिवर्तन शहिदहरुको बलिदानले आएको बताउदै चुनौतीको सामना गर्दै नेपालको विकासका लागि सरकार लागिपरेको बताए । उनले नेपाली जनतको सपनालाई साकार पार्न सधै तयार रहनेसमेत बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay