scheduleबिहिवारबैशाख ९ गते, २०७८

नारायणगढ-मुग्लिङ सडक साढे ४ घण्टा बन्द हुने

फाइल फोटो

चितवन, २१ फागुन । नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि साढे ४ घण्टा बन्द हुने भएको छ ।

फागुन २३ गतेदेखि २९ गतेसम्म बिहान १०.३० देखि ३ बजेसम्म सडक दुइतर्फी रूपमै बन्द हुने मुग्लिन नारायणगढ सडक आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाका अनुसार सो सडक खण्डको चारकिलोमा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सडक बन्द गरिएको हो ।

सो अवधिमा नारायणगढ तर्फबाट गएका सवारी साधन जलबिरे र मुग्लिङतर्फबाट आउने सवारी साधनलाई मुग्लिङ नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay