scheduleबिहिवारबैशाख ९ गते, २०७८

हङ्कङको निर्वाचन प्रणाली परिवर्तन गर्ने चीनको घोषणा

काठमाडौं, २१ फागुन । चीनले हङ्कङको निर्वाचन प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेको छ। आफ्नो सबैभन्दा ठूलो राजनीतिक बैठकमा देशभक्तहरूलाई शक्तिमा ल्याउन यस्तो घोषणा गरेको त्यहाँको सरकारले जनाएको छ ।

यो घोषणा हङ्कङमा चिनियाँ नियन्त्रण कसिलो बन्दै गइरहेको समयमा गरिएको छ । एक साता लामो नेशनल पिपुल्स कांग्रेसमा यससम्बन्धी एउटा मस्यौदा निर्णयमा छलफल हुनेछ। बैठकमा हजारौँ नीति निर्माता सांसदहरू सहभागी छन्।

केन्द्र सरकारका नीतिहरूलाई पारित गर्ने यो बैठकले हङ्कङ विषयको निर्णयलगायत अरु आर्थिक र वातावरणीय नीतिहरू पारित गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay