scheduleबिहिवारबैशाख ९ गते, २०७८

सहमतिलाई कुर्तक र उत्तेजनाको दृष्टिले नर्हेन विप्लवको आग्रह

काठमाडाैं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सरकार र नेत्रविक्रम चन्द्र (विप्लव) समूहबीच राष्ट्रिय सभा गृहमा भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा महासचिव विप्लवले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिवद्धरहेको बताएका हुन् ।

उनले नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना पूरा गर्न आफ्नो पार्टी लागिपरेको दावी गर्दै सहमतिलाई कुर्तक र उत्तेजनाको दृष्टिले नर्हेन आग्रह गरे ।

महासचिव विप्लवले शहीदको सपनालाई मर्न नदिने बताउदै मुलुकमा धेरै परिवर्तनका लागि नेपाल आमाका थुप्रै सन्तानले बलिदान दिएको बताए ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले स्वतन्त्र आकाशमा शान्तिपूर्वक हिँड्न चाहेको बताउदै आफ्नासहकर्मीहरुलाई सरकारले मुक्त गर्ने विश्वास गरे । उनले सरकार र नेकपाबीच भएको सहमति नभइ युवाको चाहना अनुसार देशको समृद्धिका लागि सहमति भएको जिकिर गरे ।

सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच भएको तीन बुँदे सहमतिपत्रमा समेत हस्ताक्षर भएको छ । सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमतिमा संयुक्त रूपमा हस्ताक्षर गरेका थिए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay