scheduleबुधवारबैशाख ८ गते, २०७८

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे के गर्ने भन्नेबारे कांग्रेसमा दोधार

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावको विषयमा निर्णय गर्न सकिरहेको छैन । शुक्रबार बसेको कांग्रेस संसदीय दलकाे बैठकले पनि कुनै निर्णय गर्न सकेन ।

अविश्वास प्रस्तावको विषयमा उचित समय आएपछि निर्णय लिने र अहिले निर्णय गर्न हतार हुने कांग्रेसको निष्कर्ष रहेको छ । अविश्वास प्रस्तावबारे कांग्रेसले उचित समयमा उचित निर्णय लिने बैठकपछि संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बताएका छन् । शुक्रबारको बैठकमा २९ जना कांग्रेसका सांसदले बोलेका थिए ।

कांग्रेसले सर्वाेच्च अदालतले गरेकाे निर्णयलाइ भने स्वागत गरेकाे छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay