scheduleबिहिवारबैशाख ९ गते, २०७८

संसदीय दलको नेता बनेपछि प्रचण्डले भने- ओलीले राजीनामा नदिए अविश्वासको प्रस्तावबाट हटाउँछौँ

काठमाडौं, २१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा नदिए अविस्वासको प्रस्तावमार्फत हटाउने बताएका छन् । प्रचण्ड–नेपाल समूहको बैठकबाट संसदीय दलको नेतामा चयन भएलगत्तै प्रतिक्रिया दिँदै उनले तत्काल राजीनामा दिन ओलीलाई आग्रह गरेका हुन् ।

ओलीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आइतबारको संसद् बैठकअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहज निकास दिनुपर्ने भन्दै उनले भने, – नत्र विकल्पको रुपमा हामी अविश्वासको प्रस्ताव लिएर जान्छौँ

आफूलाई बहुमत सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन गरेको दाी गर्दै उनले आफूहरु नै आधिकारिक पार्टी भएको जिकिर गरे । ओलीको पक्षमा लागेका सांसद तथा नेता–कार्यकर्ताहरु आफ्नो पक्षमा आउन आह्वान गर्दै उनले प्रधानमन्त्रीले राजीनामा नदिने विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गर्ने बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay