scheduleबिहिवारबैशाख ९ गते, २०७८

लागुऔषध ओसारपसारमा बालबालिका प्रयोग, १३ वर्षका बालक पक्राउ

काठमाडौं, २१ फागुन । प्रहरीले काठमाडौंबाट लागुऔषधसहित एक बालकलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग नागढुङ्गााबाट खटिएको प्रहरी टोलीले शुक्रबार साँझ १३ वर्षका बालकलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नम्बरको बसका यात्रु रहेका उनको झोलाभित्र जाँच गर्दा एक हजार ९०० एम्पुल लागुऔषध फेला परेको हो । उनीमाथि महानगरीय प्रहरी वृत्त थानकोटबाट लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

उनको साथबाट डाइजेपाम ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए । यता काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित टहरामा बस्ने काभ्रेपलाञ्चोक तिमालकी २७ वर्षीया सीता रायमाझी आज मृत फेला परेका र उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay