scheduleबिहिवारबैशाख ९ गते, २०७८

ऊर्जा कम्पनीहरूलाई २‍.४ अर्ब युरो क्षतिपूर्ति दिने जर्मनीको घोषणा

एजेन्सी, २१ फागुन । ऊर्जा कम्पनीहरूलाई २‍.४ अर्ब युरो क्षतिपूर्ति दिने जर्मनीले घोषणा गरेको छ । जर्मनीले सन् २०२२ सम्म आफ्ना उर्जा कम्पनीहरूमा आणविक उर्जाको प्रयोगलाई अन्त्य गर्ने कार्यक्रमबीच यस्तो घोषणा गरेको हो ।

यस प्रयोजनका लागि सरकारले उर्जा कम्पनीहरूमा आणविक प्रयोगलाई निरूत्साहन गर्न इएनबीडब्ल्यू र ईओओएन / प्रेउसेन इलेक्ट्रा, आरडब्ल्यूई र भट्टेनफालसँग सम्झौता गरेको जर्मनीको वातावरण, वित्त र अर्थव्यवस्था मन्त्रालयहरूले संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

उर्जा उत्पादनमा प्रयोग भएको आणविक कार्यक्रमका कारण विश्वव्यापी जलवायु परिवर्तनमा प्रभाव पर्ने भन्दै नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले दिएको सहस्राब्दी लक्ष्य पूरा गर्न जर्मनीले अग्रसरता देखाउँदै यो कार्यक्रमको घोषणा गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay