scheduleबिहिवारबैशाख ९ गते, २०७८

सर्वपक्षीय सम्मेलनमार्फत देशलाई निकास दिनुपर्ने समय आयो– कमल थापा

काठमाडौं, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत देशलाई निकास दिनुपर्ने बताएका छन् । उनले यो बाटोबाट मात्रै स्थायी संविधानसहितको व्यवस्था कायम गर्न सकिने बताए ।

मिडिया नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले निषेधको राजनीतिले कसैको भलो नगर्ने बताउदै सबैलाई समेट्ने गरी सर्वपक्षीय भेलामार्फत निकासको बाटो खोज्नुपर्ने बताए । देशमा प्रजातन्त्र आएको धेरै समय वितिसक्दा पनि स्थायी व्यवस्था कायम नभएको भन्दै उनले सर्वपक्षीय भेलाको माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिपक बोहोराले पत्रकारलाई प्रभावमा पारेर सत्य, तथ्य समाचारहरु पनि लुकेको दाबी गरे । बोहोराले बुटवल वा भैरहवा लुम्बिनी प्रदेशको राजधानी उपयुक्त भए पनि दुई तिहाइको नेकपाको सरकारले गरेको निर्णयलाई नेपाली कांग्रेसले मौन स्वीकृति दिएको आरोप लगाए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay