scheduleबुधवारबैशाख ८ गते, २०७८

वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-२० मा श्रीलंकाको जीत

काठमाडौं, २२ फागुन । वेस्ट इन्डिज भ्रमणमा रहेको श्रीलंका क्रिकेट टोलीले दोस्रो टी-२० खेलमा जीत निकालेको छ । श्रीलंकाले वेस्ट इन्डिजलाई ४३ रनले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १८.४ ओभरमा ११७ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि ओबेड मेकोएले सर्वाधिक २३ तथा लेन्डल सिमन्सले २१ रन बनाए । श्रीलंकाका वानिन्दु हसरङ्गा र लक्षन सन्दकनले ३-३ , दुशमन्था चमीराले २ तथा अकिला धनन्जय र दनुस्का गुनथिलकाले १-१ विकेट हात पारे ।

त्यसअघि एन्टिग्वामा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनाएको थियो । उसका लागि ओपनर गुनथिलकाले ५६ रन बनाएका थिए भने अर्का ओपनर पथुम निसान्काले ३७ र असेन बन्दाराले २१ रन बनाए ।

पहिलो टी-२० मा पराजित भएको श्रीलंकाले यस जीतसँगै तीन खेलको टी-२० श्रृंखला १-१ को बराबरीमा ल्याएको छ । तेस्रो तथा निर्णायक टी-२० खेल आइतबार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay