scheduleबिहिवारबैशाख ९ गते, २०७८

सेहवागको विस्फोटक ब्याटिङमा भारतीय लेजेन्ड्सको शानदार जीत

काठमाडौं, २२ फागुन । रोड सेफ्टी विश्व टी-२० सिरिजअन्तर्गत गएराति भएको खेलमा भारतीय लेजेन्ड्सले जीत हासिल गरेको छ । रायपुरमा भएको खेलमा बङ्गालदेश लेजेन्ड्स टोली १० विकेटले पराजित भएको हो ।

जीतका लागि ११० रनको विजयी लक्ष्य पछ्याएको भारत लेजेन्ड्सले १०.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । भारतको जीतमा ओपनर ब्याट्सम्यान विरेन्दर सेहवागले विस्फोटक ब्याटिङ गरे । सेहवाग ३५ बलमा १० चौका र ५ छक्का सहित ८० रनमा अविजित रहँदै टोलीलाई सानदार जित दिलाए । भारतीय पूर्वकप्तान एवम् यस लेजेन्ड्स टोलीका कप्तान सचिन तेन्दुलकर २६ बलमा ५ चौका सहित ३३ रनमा अविजित रहे ।

त्यसअघि शहिद वीर नारायण सिंह अन्तर्राष्ट्रिय स्टेडियम रायपुरमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश १९.४ ओभरमा १ सय ९ रनमा अल आउट भएको थियो । बंगलादेशका ओपनर नाजिमुद्दीन ३३ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ४९ रन बनाए । जावेद ओमर र राजेन सालेहले १२–१२ रन बनाए । अन्यले राम्रो पर्दशन गर्न सकेनन् । भारतका युवराज सिंह, प्रज्ञान ओझा र विनय कुमारले २–२ विकेट लिए ।

यस सिरिज गत वर्ष मार्चमा सुरु भएको भएपनि कोरोना भाइरसको कारण स्थगित हुन पुगेको थियो र शुक्रबारदेखि पुन: सुचारु भएको हो ।

प्रतियोगितामा भारत, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र वेस्टइन्डिजका पूर्वखेलाडीहरु सम्मिलित लेजेन्ड्स टोलीबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay